पार्टी एकता र मन्त्रालयको कुरा मिलेपछि सरकारमा सहभागि हुन्छौंः प्रचण्ड

 शुक्रबार, फाल्गुन ४, २०७४ | onlinenews

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र मन्त्रालय बाँडफाँड लगायतका विषय टुङ्गिएपछि मात्रै सरकारमा सहभागि हुने बताएका छन् ।
पार्टी एकताको कुरा नटुङ्गिएका आफ्नो पार्टीले कसैलाई मन्त्रीमण्डलमा नपठाएको प्रचण्डले बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटनपछि प्रचण्डले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुंग्याउन बाँकी रहेको प्रष्ट पारे ।
नयाँ सरकारले गर्ने कामको प्राथमिकता, नियुक्ति सम्बन्धमा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको पनि उनले बताए । एमाले, माओवादीबीच निरन्तर छलफल चलिरहेकोले एक, दुई दिनभित्र सहमति हुने पनि प्रचण्डले विश्वास ब्यक्त गरे ।
प्याकेजमै सहमति भएपछि मात्रै सरकारमा जाने प्रचण्डको भनाई छ । पार्टी एकता भाँडिने हो कि भन्ने आशंका बढिरहेको बेला दाहालले एमालेमाओवादीबीच ठूलो विवाद नरहेको दाबी पनि गरे ।

प्रतिकृया

Add