नेपाली काँग्रेस रामेछापद्धारा शोक बक्तब्य जारी

 शुक्रबार, फाल्गुन ४, २०७४ | onlinenews

रामेछाप । हृदयघातको कारण निधन भएका नेपाल विद्यार्थी संघ रामेछापको भूतपूर्व अध्यक्ष तथा ठाकुराम बहुमुखी क्याम्पस विरगञ्जका सह–प्राध्यापक ताराबहादुर थापाको निधन भएकोमा दुःख ब्यक्त गर्दै नेपाली काँग्रेस रामेछापले शोक बक्तब्य जारी गरेको छ ।
नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नेपाली काँग्रेस रामेछापका नेता बौद्धिक ब्यक्तित्व ताराबहादुर थापाको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख छ ।
नेपाली काँग्रेसले एक होनाहार उर्जाशील र निष्ठावान योद्धा गुमाएको भन्दै समग्र नेपाली काँग्रेस रामेछाप शोकमा डुबेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्ति मार्फत मृत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना गर्दै समवेदना पनि ब्यक्त गरिएको छ ।

प्रतिकृया

Add