ओली– प्रचण्ड बर्ता बिना निष्कर्ष टुंगियो

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
भक्तपुरको पुरानो ठीमीस्थित एक व्यापारीको घरमा ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।
वार्तामा पार्टी एकता र कार्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अधिकारीले छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी वार्ता सकिएको बताए । बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेका थिए ।
तर, एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ प्रचण्डले दिएको बताइएको छ ।
माओवादीले २१ औं सताब्दीको जनवाद र माओवादी एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडान लिँदै आएको छ भने एमालेले जनताको बहुदलिय जनबाद जबज बाहेक अरु विषयमा छलफल हुनै नसक्ने बताउँदै आएको छ ।

प्रतिकृया

Add