थानापति महादेव मन्दीरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न स्थानीयको माग

 आइतवार, फाल्गुन १३, २०७४ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ मा रहेको थानापति महादेव स्थानलाई राष्ट्रिय धार्मिक सम्पदाको रुपमा सूचीकरण गर्न स्थानीयले माग गरेका छन् ।
करिब ३ सय वर्ष पहिले स्थापना भएको सो थानापति महादेव स्थानमा गएर बरमाग्दा मनोकांक्षा पूरा हुने जनविश्वस रहिआएको छ ।
थानापति महादेव स्थानमा विशेष गरि

 शिवरात्री, माघेसंक्रान्ति, तिज एकादशी र ऋषितर्पणी पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । ऐतिहासिक महत्व रहेको यस महादेव स्थानको वि

 

कासको लागि राज्यको तर्फबाट सहयोगको आवश्यकता रहेको स्थानीय भनाई छ ।
थानापति महादेव स्थानको विकासको लागि राज्यले राष्ट्रिय धार्मिक सम्पदाको रुपमा सूचीकरण गर्नुपर्ने स्थानीयको माग छ । थनापति ऐतिहासिक महत्व बोकेको स्थान भएकाले राष्ट्रिय धार्मिक सम्पदाको रुपमा सूचीकरण गरेर संस्थागत विकासमा लाग्नुपर्ने थानापति विकास समितिको अध्यक्ष रामकुमार आरनले बताए ।
यस मन्दीरमा दर्शन गर्नका लागि छिमेकी जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायायत सिराहा धनुसा, खोटाङ्ग र काठमाडौंबाट समेत भक्तजनहरु आउँने गरेको स्थानीय गोकर्णराज आरणले बताए ।
थानापति महादेव स्थानमा साक्षात महादेव रहेको धर्मगुरुहरुको भनाई छ । आफ्नौ ठाउँमा साक्षात महादेव हुँदाहँँुदै पनि यहाँका मानिसहरु अन्त अल्मल्लिरहेको उनीहरुको भनाई छ । आफ्नै ठाउँमा भएको ऐतिहासिक धार्मिक स्थलको बेवास्ता गरि बाहिरका देशहरुमा जानु नेपालीहरुको विसंगति भएको बालब्रह्मचारी रामराजन गिरीले बताए ।
सो महादेव स्थानमा गएर बर माग्नेहरुको मनोकांक्षा पूरा हुँदै आएको पनि ब्रह्मचारीको गिरीको भनाई छ । सो महादेव स्थानमा गएर बर माग्दा जागिर नपाएकाले जागि पाएको सन्ता नहुनेले सन्तान पाएको पनि उनले बताए ।
३ सय वर्ष पहिले थानापतिका एक कृषिकले पालेको गाई राति सँधैभरी हराउने बिहान फर्केर घर आउँने र दुःध नदिने क्रम चलिरहेपछि त्यहाँका स्थानीयले राति गाईको पिछागर्दै जाँदा अहिले महादेव स्थान भएको ठाउँको शिलामा गाईले दूध दिएर घर फर्किए पछि सो ठाउँमा महादेव भएको पत्ता लगेको स्थानीयको भनाई छ ।
सोही बेलादेखि त्यहाँका स्थानीयले महावेद मन्दीर स्थापना गरि पूजाआजा गर्दै आएको स्थानीयबासीको भनाई छ ।

प्रतिकृया

Add