ट्रेड युनियका पदाधिकारीलाई शुभकामना

 बिहिबार, चैत्र १५, २०७४ | onlinenews

रामेछाप । नेपाली काग्रेंस रामेछापले एक कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड युनियन काँग्रेसका नब निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिएकोे छ ।
बधाई तथा शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका रामेछापका सभापति लबश्री न्यौपानेले नव निर्वाचित अध्यक्ष पूर्ण सुबेदी लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिंदै सफल कार्यकालको कामना व्यक्त गरे ।
त्यसैगरी नेपाली काँग्रेस रामेछापका सचिव–लेखबहादुर कार्कीले ट्रेड युनिय काँग्रेसले सामाजिक रुपमा देखिने खालका काम गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेलले निर्वाचनमा जीत हारको अवस्थालाई सहज रुपमा लिदै समग्र ट्रेड युनियनमा आबद्ध सदस्यहरुको हकहितका लागि काम गर्न सके संगठनको उपलब्धी हुने बताए ।
बुधबार भएको टे«ड युनियन काँग्रेसको छैटौ जिल्ला अधिवेशनले पूर्ण सुबेदीको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति ६ सदस्यीय प्रादेशिक प्रतिनिधि र ३ सदस्यीय केन्द्रीय प्रतिनिधि चयन गरेको थियो ।
कार्य समितिका अन्य पदाधिकारी निर्विरोध चयन भए पनि अध्यक्ष पदमा भने पूर्ण सुबेदी, पुरुषोत्तम घिमिरे र राजुश्री घिमिरेबीच मतदान भएको थियो ।
१ सय ८ जना मतदाता मध्यय ९५ जनाले मतदानमा भाग लिएका थिए । जसमध्य पुर्ण सुबेदी ले ५३ मत ल्याइ निर्वाचित भएका थिए ।

प्रतिकृया

Add