गौश्वारामा धुम्रपान, मध्यपान र जुवातास ९० प्रतिशतले घट्यो

 बुधबार, चैत्र २१, २०७४ | onlinenews

रामेछाप / रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारका अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ले नमूना वडा बनाउने अभियान सञ्चालन गरेपछि सार्वजनिक स्थलमा धुम्रपान, मध्ययपान र जुवातासमा ९० प्रतिशतले बमी आएको छ ।
अध्यक्ष मगरले धुम्रपान, मध्ययपान र जुवातास मुक्त नमूना वडा निर्माण अभियान सञ्चालन गरेका थिए । नमूना वडा निर्माण अभियान लागू भएपछि सर्वजनिक स्थलमा हुने धुम्रपान, मध्ययपान र जुवातासजस्ता गतिविधिहरु ९० प्रतिशतले घटेको वडा अध्यक्ष मगरले बताए ।
त्यस्ता गतिविधिहरु चैत्र महिना भरीमा पूर्णरुपमा प्रतिबन्ध लगाइने पनि अध्यक्ष मगरले बताए ।
वडा कार्यालयले आफ्नै सिर्जनशीलतामा गत फागुन २३ गतेबाट धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा अभियान सञ्चालन गरेको थियो ।
गाउँमा रहेको युवा जनशक्तिलाई गाउँको विकास र सिर्जनशील कार्यक्रम सहभागिता गराउने र कुलतमा फेरस असामाजिक गतिविधि लाग्नबाट युवाहरुलाई जोगाउने उद्देश्यले नमूना वडा अभियान सञ्चालन गरेको वडा अध्यक्ष चन्द्रबहादुर मगर टलकको भनाई छ ।
ध्रुमपान र मध्यपानले मानिसको स्वास्थ्यमा दिनदिनै प्रतिकूल असर पर्दै गएकाले वडाबासीलाई स्वस्थ बनाउने समेत अभियानको उद्देश्य रहेको मगरले बताए ।
“धनको क्षति स्वास्थ्यमा खति, रोगले भन्दैन जातिपाती” भन्ने नाराका साथ नमूना वडा अभियान सञ्चालन गरिएको थियो । बालकालिकाको सुनौलो भविष्य निर्माणको लागि यो अभियान सञ्चालन गरिएको पनि वडा अध्यक्ष चन्द्रबहादुर मगरले बताए ।
अभियान अन्तर्गत गत फागुन २३ गतेदेखि चैत्र ५ गतेसम्म सचेतना कार्यक्रम सञ्चालन गरि चैत्र १६ गतेदेखि कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रम लागू भइसकेपछि ध्रुमपान, मध्यपान सेवन र जुवातास खेलेको पाइएमा पहिलो पटक १ हजार रुपैयाँ जरीवाना गर्ने, दोश्रो पटक भेटिएमा २ हजार रुपैयाँ जवारी गर्ने र तेश्रो पटक भेटिएमा ३ हजार रुपैयाँ जरिवाना साथै प्रशासनिक कारबाही समेत गरिने वडा अध्यक्ष मगरले बताए ।
यसरी कारबाही गरेर संकलन भएको राजस्व वापतको रकम सामाजिक कार्यमा लगाइने अध्यक्ष मगरले बताएका छन् ।

प्रतिकृया

Add