पुरानो संस्कृति लोप हुन लागेको भन्दै पञ्चैबाजा ¥याली

 आइतवार, बैशाख २, २०७५ | onlinenews

रामेछाप । परम्परादेखि चल्दै आएको संस्कार, संस्कृति लोभ हुँदै गएको भन्दै नयाँ वर्ष २०७५ को अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पञ्चैबाजा ¥याली निकालिएको छ ।
आधुनिक बाजाहरुको बढ्दो प्रयोगले शुभकार्य विवाह, ब्रतबन्ध, चडबाड साथै धार्मिक तथा समाजिक उत्सव र रोपाई आदिमा बजाइने पञ्चैबाजाको मंगल धुन लोप हुँदै गएको भन्दै पञ्चे बाजा संरक्षण समाज रामेछापले बञ्चैबाट ¥याली निकालेको हो ।
सदरमुकाम मन्थलीको देवकोटाचोकबाट निकालिएको पञ्चैबाजा ¥याली मन्थली बजार परिक्रममा गरि जिएस होटलमा पुगेर औचापरिक कार्यक्रममा परिणत भएको थियो ।
औपचारिक कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पञ्चैबाजाको संरक्षण र जगेर्ना गर्न आवश्यक रहेको बताए ।
परम्परागत संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले मन्थली नगरपालिकाको कार्यक्रममै पञ्चैबाजा संरक्षण कार्यक्रमलाई समावेश गरिएको पनि नगर प्रमुख बस्नेतले बताए ।
पञ्चैबाजा मात्र नभई सबै जातजातिको संस्कार संस्कृति र परम्पराको संरक्षण गर्न नगरपालिका प्रतिवद्ध रहेको पनि बस्नेतले बताए ।
पञ्चैबाजाको संरक्षण गर्ने उद्देश्यले ¥याली निकालिएको पञ्चैबाजा संरक्षण समाजका अध्यक्ष ज्ञाबहादुर सुन्दासले बताए ।
पञ्चैबाट खरिदका लागि मन्थली नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएपछि पञ्चैबाजा संरक्षण समाजले बाजा खरिद गरि संरक्षण अभियान चलाएको हो ।
पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् ।

प्रतिकृया

Add