एमाले–माओवादी एकताबारे निर्णायक बार्ता

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे निर्णायक वार्ता हुने भएको छ ।
वार्तामा पार्टी एकतामा दुबै दलको सहभागिताको अनुपातलगायतका विषयमा छलफल बताइएको छ । एमाले र माओवादीका दुबैले केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएको छ ।
वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिनेगरी छलफल अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर पार्टी एकता गर्नुपर्ने कार्यदलको सुझाव रहेको छ ।
एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले पनि मंलबार बिहान शीर्ष नेताहरुबीच छलफल गर्दैछ ।
सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा एक्लाएक्लै छलफल भएको थियो ।

प्रतिकृया

Add