एमाले–माओवादी एकता बैशाख ९ मा हुने सम्भावना ट¥यो

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्कालको लागि टरेको छ ।
एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता घोषणा नहुने लगभग पक्का भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भए पनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा ट¥यो ।
श्रेष्ठका अनुसार विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको छ ।
‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने उनले बताए ।
एमाले महासचिव इश्वर पोखरेलले एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम नेतृत्व र सक्षम पार्टी बनाइने बताए ।
उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए ।
एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो ।
नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताए पनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् ।
एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ ।

प्रतिकृया

Add