नेविसंघको विवाद उत्कर्षमा, दुई महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक

 बुधबार, बैशाख १९, २०७५ | onlinenews

सन्तो ष ढुङ्गेल/काठमाडौं
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद उत्कर्षमा पुगेको छ । संघको विवाद चरमचुलीमा पुगेपछि नेविसंघको केन्द्रीय समिति दुई खेमामा विभाजीत भएको छ ।
संघभित्रको विवादले उच्च रुप लिएपछि केन्द्रीय समितिका दुई महामन्त्रीले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
तीन महामन्त्रीले छुट्टाछुट्टै दुई वटा विज्ञप्ति जारी गरि फरक–फरक मितिमा केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले यही वैशाख २० गतेको लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् भने अर्को दुई महामन्त्री आनन्दराज त्रिपाठी र सरोजकुमार थापाले संयुक्त विज्ञप्ति जारी गरि यही वैशाख २८ र २९ गतेको लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
महामन्त्री कुन्दनराज काफ्लेले बाल्मिकी विद्यापिठ प्रदर्शनीमार्गमा केन्द्रीय समितिको बैठक बोलाएका छन् भने संस्थापक पक्षले मातृ पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।
काफ्ले पक्षधर विद्यार्थीले संघको विधि र विधान विपरीत केन्द्रीय समिति मनोमानी ढंगलले चलेकले नेविसंघको १२ औं महाधिवेशनको लागि मार्गचित्र निर्माणको लागि छलफल गर्न भन्दै बैठक बोलाएको हो ।
पार्टीमा समेत पटक–पटक छलफल गर्दा पनि कुनै सुनुवाई नभएको काफ्ले पक्षधर विद्यार्थी नेताहरुको आरोप छ ।
त्यसैगरी संस्थापक पक्षले भने संघको केन्द्रीय समितिका पदाधिकारीबाटै महाधिवेशनलाई अवरोध गर्ने नियतले संगठमा अनुशासनहिन कार्य भएको भन्दै त्यस विषयमा छफफल गर्न बैठक बोलाएको हो ।
महाधिवेशनलाई अगाडि बढाउनु पर्ने जिम्मेवारी विपरीत राजनीतिक प्रपोगण्डाको आधारमा संगठनलाई अनुशासनहिनतातर्फ डो¥याएको संस्थापन पक्षको आरोप छ ।
नेविसंघमा विवादले उच्च रुपमा लिनुमा मातृ पार्टी नेपाली काँग्रेसभित्रको गुटर उपगुटले भूमिका निर्वाह गरेको विद्यार्थी नेताहरुको भनाई छ ।

प्रतिकृया

Add