घरभित्र बाढी पसेपछि चौताराबाट स्वास्थ्य सेवा

 मङ्लबार, जेष्ठ १, २०७५ | onlinenews

रामेछाप– सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेपछि माटो जमेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा रहेको ८ वटै कोठाहरुमा बाढी पसेर क्षतिपु¥याएपछि कार्यालयको अगाडि रहेको चौतारामा बसेर स्वाथ्य सेवा सञ्चालन गरिएको हो ।
बाढी परेर क्षेति पु¥याएको कारण कार्यालयभित्र बसेर उपचार गर्ने अवस्था नरहेकाले बाहिरैबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कविराज निरीक्षक दिपककुमार कार्कीले बताए ।
भारी वर्षासँगै आएको बाढी कार्यालयभित्र पस्दा ठोकामा विच्छाइएको कार्पे पुनः प्रयोगमा ल्याउन नसकिने अवस्थामा पुगेको छ ।
त्यसैगरी औषधी, कार्यालयमा राखिएको कम्प्यूटर, प्रिन्टरलगायत ५ लाख भन्दा बढिको सामान क्षति भएको पनि बविराज कार्कीले बताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रको उपचार कक्षमा १ फिटभन्दा बढि लेदो जमेको छ भने कार्यालयको प्राङ्गणमा ५ फिटभन्दा बढि उचाइसम्म गेगर र गिटीले पुरेको छ ।
खहरेले माथिल्लो भागबाट बगाएर ल्याएको माटो र गेगर सिधै आयुर्वेद केन्द्रको कार्यालयमा पसेपछि क्षति पु¥याएको हो ।
बाढिले पुरिएर चूर्ण औषधी बनाउँने जडिबुट्टिहरु वासा, हर्रो, बर्रो, अमला, अश्वगधा लगायत नष्ट भएको छ भने तयारी औषधीमा अवियन्त्रीकरण, योगराज गुगुल, अश्वगधा चुर्ण, पुण्याउग चूर्ण, कैशोर गुगुल, त्रिमला चुर्ण लगायतका औषधी नष्ट भएका छन् ।
मन्थली आसपास रहेको आधादर्जनभन्दा बढी खहरेहरुमा एकै पटक आएको बाढी बजार क्षेत्रमा प्रवेश गर्दा सदरमुकाम मन्थलीको बजार क्षेत्र पुरै अस्तब्यवस्थ बनेको छ ।

प्रतिकृया

Add