लिखुमा नेपाल इन्भेष्टमेन्ट बैकको शाखा

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैकले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । देश संघीय संरचनामा गएसँगै प्रत्यक स्थानीय तहमा बैक संञ्चालनमा ल्याउने सरकारी निर्णय र शाखा खोल्न दिइएको अनुमतीसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले लिखु गाउँपालिकामा ७० औ शाखाको रुपमा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो ।
गाउँपालिकामा इन्भेष्टमेन्टले आफ्नो बैंक शाखा सञ्चालनमा आएपछि लिखुका नागरिकहरु सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
गाउँपालिकाको वित्तिय कारोबार र स्थानीय नागरिकलाई बैंकिङ कारोबारका लागि अब सहजता आउने बैंकको मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले बताए ।

प्रतिकृया

Add