विद्यार्थीले साथीलाई पिसाव खुवाउँदा प्रअलाई पदबाट हटाउने विब्यसको निर्णय

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

रामेछाप- जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५ को झट्टेश्वर माध्यामिक विद्यालय धोबिका प्रधानाध्यापक केबलबहादुर तिमल्सिनाले विद्यार्थी कुटपिट गरेको र पिसाव खुवाएको भन्दै विब्यसले प्रअबाट हटाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले प्रधानाध्यापक तिमल्सिनालाई पदबाट हटाउने निर्णय गरेको लिखु तामाकोसी गाउँपालिका–५ का अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।
स्थानीय अभिभावको मागअनुसार तिमल्सिनालाई प्रधानाध्यापकबाट हटाउने निर्णय भएको वडा अध्यक्ष तामाङले बताए । प्रधानाध्यापक तिमल्सिनाले विद्यालय ढिलो पुग्दा साथै लामो कपाल पाल्ने र कपाल रङ्याउने छात्रहरुलाई यातना दिने गरेको विद्यार्थीलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले बताए ।
प्रधानाध्यापकको यातनाबाट छात्रा ममिता तामाङलाई ज्वरो आएपछि घटना सार्वजनिक भएको बताए । ममिता तामाङ प्रधानाध्यापकको विरुद्धमा इलाका प्रहरी कार्यालय धोबिमा उजुरी समेत दिएको बताइएको छ । अध्यक्ष तामाङले भने–विद्यार्थीको कुरा सुन्दा कुटाई नखाने विद्यार्थी नै छैन जस्तो लाग्यो ।
प्रधानाध्यपक केबलबहादुर तिमल्सिनाले भने बाहिर हल्ला गरिएजस्तो आपूmले विद्यार्थीलाई कुटपिट नगरेको बताएका छन् ।
प्रधानाध्यापक तिमल्सिनाका अनुसार कक्षा ७ मा अध्ययनतर छात्रले ड्यूको बोतलमा पिसाव फेरेर आफ्नो कक्षाको साथीलाई पानी भनेर खुवाएका थिए ।
उनको अनुसार कक्षा–७ मा अध्ययनरत लाक्पा तामाङ, बुद्ध तामाङ र गणेश बुढाथोकी विद्यालय अगाडि रहेको सडक माथिको पसलमा गएर ६ सय एमएलको ड्यूको बोतलमा पानी भरेका थिए ।
तीन छात्र मध्य लाक्पा तामाङ र बुद्ध तामाङले बोतलको आधा पानीले मुख धोएर बोतलमा बाँकी रहेको पानीमा एउटा पिसाव फेरेको र अर्कोले पानीमा थुकेर ल्याई आफ्नै कक्षाका आर्का साथी पूर्ण तामाङलाई पानी भनेर खुवाएका थिए ।
पूर्ण तामाङले सिपाब मिसाएको पानी खाएपछि भोमिट गरेको कक्षा ७ कै छात्र गणेश बुढाथोकीले बताए । पूर्णले भोमिट गरेपछि कक्षाको मनिटरको सहायतामा विद्यालय प्रशासनमा पुगेका थिए ।
हेडसरले साथीलाई किन पिसाव खुवाएको भनेर गाली गर्दा बुद्ध तामाङ र लाक्पा तामाङले पानी नै हो भनेपछि पानी हो भने तिमीहरु खाउँत भनेर केवल सरले भन्नुभयो, विद्यार्थी गणेश बुढाथोकीले भने ।
सरले पानी हो भने तिमीहरु पनि खाउ त भनेपछि बुद्ध र लाक्पाले खाए मैले चाहिँ खाइन उनले भने ।
गणेशका अनुसार लाक्पाले पानीमा पिसाव फेरका थिए भने बुद्धले थुकेका थिए । सरले मलाई पनि बोतलको पानी ‘खा’ भन्नुभयो मैले पिसाव हो भनेर खाइन गणेशले भने । साथीलाई पिसाब खुवाएको थाहा पाएपछि सरले हामीलाई पाइपले हिर्काउँदै कक्षामा पठाउँनु भयो उनले भने ।
विद्यालय ढिलो आउँनेलाई सजाय स्वरुप विद्यालय प्राङ्गगणको कागजहरु टिप्न लगाउने र लाइनमा उभ्याउने गरेको प्रधानाध्यापक तिमल्सिनाले बताए ।
कक्षा ९ मा अध्ययनरत ममिता तामाङले कक्षा–८ मा अध्ययनरत बहिनी सुनितालाई रक्तमुच्छेल हुने गरे पिटेपछि ममिलाई चेतावनी कारबाही स्वरुप आपूmले गालामा २ थप्पड र ढाडमा ३ थप्पड पिटेको प्रअ तिमल्सिनाले स्वीकार गरे ।
तर, बाहिर हल्ला गरेजस्तो आपूmले विद्यार्थीलाई मरानासन्न हुने नपिटेको दावि गरेका छन् । ब्यक्तिगत रिसइविका कारण वडा अध्यक्ष सोमबहादुर तामाङ र विब्यस अध्यक्ष समेत रहेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आपूmलाई फसाउने नियतले विद्यार्थीलाई उचालेर यस्तो प्रपञ्च रचेको प्रअ तिमल्सिनाको आरोप छ ।

प्रतिकृया

Add