पार्टी एकता भएको खुसीयालीमा चियापान

 बुधबार, जेष्ठ ९, २०७५ | onlinenews

रामेछाप- दुई पार्टी एकता भएको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी रामेछापले चियापान कार्यक्रमको आयोजना गरि खुसी साटासट गरेका छन् ।
जिल्ला समन्वय समिति रामेछापको सभाहलमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले एक आपसमा खुसी साटासाट गरेका हुन् ।
चियापान कार्यक्रममा संविधानसभा सदस्य तारानारायण श्रेष्ठले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले विश्वमै नयाँ सन्देश दिएको बताए ।
स्थानीय तहदेखि प्रदेशसभा र संघको निर्वाचनसम्म आउँदा एकतामा नै बल हुन्छ भन्ने कुराको पुष्टि गरेको भन्दै त्यही आधारमा पार्टी एकता भएको बताए ।
कम्युनिष्ट आन्दोलका उद्देश्यले पूरा गर्नको लागि पार्टीका नेता कार्यकताहरु एक ढिक्का भएर लाग्नु पर्ने उनको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रेष्ठले पार्टी एकताले गरिब र गरिखाने वर्गको लागि खुसीको दिन ल्याएको बताए ।
पार्टी एकताले कम्युनिष्ट आन्दोलको लामो समयदेखिको उद्देश्य पूरा भएको पनि श्रेष्ठले बताए ।
पार्टी एकताको खुसीयालीमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रामेछाप जिल्लाको नेता कार्यकताहरुको बाग्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add