ओली सरकारमा अधिनायकवादको झल्को आएको नेविसंघको आरोप

 बिहिबार, जेष्ठ १७, २०७५ | onlinenews

रामेछाप– नेपाल विद्यार्थी संघले केपी आली नेतृत्वको सरकारमा अधिनायकवादको झल्को आएको आरोप लगाएको छ ।
उज्जन श्रेष्ठको हत्यो अभियोगमा जेल जिवन विताइरहेको पूर्व माओवादी नेता बालकृष्ण ढुङ्गेललाई जेलमुक्त गरेर सरकारले अधिनायकवाद लादेको नेविसंघको आरोप छ ।
नेपाल विद्यार्थी संघ रामेछापका उपाअध्यक्ष सुशिलहरी बख्रेलले हजारौ मानिसको बलिदानीबाट गणतन्त्र आएकै दिन हत्यारालाई माफी दिएर ओली सरकारको अधिनायकबाद लादेको आरोप लगाए ।
केपी ओली सरकारले न्यायलय जस्तो सम्मानित निकायलाई हस्तक्षेप गरी आफूखुसी गर्न लागेको नेवि संघको आरोप छ ।
मन्थलीमा मंगलबार साँझ निकालिएको राँके जुलुसपछि कोणसभामा बोल्दै बख्रेले यस्तो आरोप लगाएका हुन् ।
कम्युनिष्ट सरकार जनताको अपेक्षालाई लात हान्दै केही भरौटेहरुको सेवामा लागेको समेत आरोप नेवि संघको छ ।
२०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा २०६६ सालमा र्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल सहित विभिन्न अपराधमा संलगन भई जेल सजाए खेपीरहेका ८ सय १६ जनाई ११ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले कैद माफी दिएको थियो ।
उज्जनकुमार श्रेष्ठको गोली हानी बालकृष्ण ढुङ्गेलले हत्या गरेको भनिए पनि उज्जनको लाश भने अहिलेसम्म फेला परेका छैन ।

प्रतिकृया

Add