कुलो निर्माण नहुँदा आकाशे पानीको भरमा सिंचाई

 शुक्रबार, जेष्ठ १८, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ सानीमदौमा २०७२ सालको भूकम्पले क्षति पु¥याएको दार्मे सिंचाई कुलो पुनःनिर्माण हुन नसक्दा सिंचाईमा समस्या भएको छ ।
तीन वर्ष वितिसक्दा पनि भूकम्पले क्षति पु¥याएको सिंचाई कुलोको पुनः निर्माण हुन नसक्दा कृषहरु मारमा परेका छन् ।
८० घर परिवारको करिब ३ हजार रोपनी खेल सिचाई हुँदै आएको दार्मे कुलोमा भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण हुन नसक्दा सिंचाई गर्न समस्या भएको स्थानीय कृषक गिरेन्द्र सुवेदीले बताए ।
सिंचाई कुला पुनःनिर्माण हुन नसक्दा आकोश पानीको भरमा खेती गर्दै आएको पनि सुवेदीले बताए ।
कुलो पूर्ण रुपमा क्षति भएको र स्थानीयले पैसा उठाएर केही ठाउँमा मर्मत गरे पनि कूलो सञ्चालनमा ल्याउन भने नसकिएको अर्का स्थानीय अम्बिकाप्रसाद काफ्लेले बताए ।
सिंचाई कुलो हुँदा वर्षमा तीन बालि लाग्ने खेतमा अहिले बर्खाको एक बालीमात्रै लगाउने गरिएको काफ्लेले बताए ।
कुलो पुनःनिर्माणको लागि जनप्रतिनिधिलाई समेत पटक–पटक भन्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ ।
ठूलो बजेट खर्च हुने भएकाले कुलो पुनःनिर्माण गर्न सरकारी स्तरबाट बजेट नआउँने हो भने सो कुलोबाट सिंचाई हुने खेत बाँजै रहने अवस्था रहेको स्थानीय कृषको भनाई छ ।

प्रतिकृया

Add