रामेछापका ब्यवसायिद्धारा मानव साङ्लो ¥याली प्रदर्शन

 मङ्लबार, असार ५, २०७५ | onlinenews

रामेछाप- विपी राजमार्ग हुँदै रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका रामेछापका उद्योगी ब्यवसायिहरुले मंलबार मानव साङ्लो ¥याली प्रदर्शन गरेका छन् ।
विपी राजमार्ग हुँदै रामेछापमा सेमिटेलर सम्मका ढुवानीका साधन सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको विरुद्धमा रामेछापका ब्यवसायिले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।
ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन गर्न पाउँनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका रामेछापका ब्यवसायि तथा स्थानीय उपभोक्ताले मंगलबार मानव साङलो ¥याली प्रदर्शन गरेका हुन् ।
मन्थली बजारस्थित देवकोटाचोकबाट सुरु भएको मानव साङलो ¥याली मन्थली बजार परिक्रममा गरि पुनः देवकोटाचोकमा आएर टुङ्गिएको थियो ।
शान्तिपूर्ण आन्दोलन गर्दा सम्बन्धि निकायले वास्ता नगरेको भन्दै अझै पनि यातायातमा लगाइएको सिन्डिकेटको अन्त्य नगरे रामेछापका ब्यवसायि निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने पनि ब्यवसायिहरुले चेतावनी दिएका छन् ।

 

 

 

 

प्रतिकृया

Add