निर्माणाधिन निजी आवास तथा सरकारी भवनको अनुगमन

 सोमवार, असार ३२, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा पुनःनिर्माण अन्तर्गत सरकारी अनुदानमा निर्माण भइरहेका निजी आवास र सदरमुकाम मन्थलीमा निर्माणाधिन सरकारी भवनहरुको अनुगमन गरिएको छ ।
नीति निर्माण तथा अनुगमनको क्षेत्रमा सरकारसँग साँझेदारीतामा काम गरिरहेका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा निर्माण भइरहेका निजी आवास तथा सरकारी भवनहरुको अनुगमन गरिएको हो ।
तिल्पुङ्गमा निर्माण भइरहेका निजी आवासहरुमा केही घरमा सामान्य प्राविधिक समस्या बाहेक मापदण्ड अनुसार नै घरहरु निर्माण भएको पाइएको अनुगमनमा सहभागि इन्जीनियरहरुले बताएका छन् ।
तिल्पुङ्गको कटहरे र बोहोरागाउँमा निर्माण भइरहेको र निर्माण सम्पन्न भइसकेका गरि २५ घरमा अनुगमन गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापका अधिकृत दिपक केसीले जानकारी दिए ।
अनुगमन गरिएका घरहरुमा केहीले तेश्रो किस्ता लिइसकेको र अधिकांस घरहरु दोश्रो किस्ताको तयारीमा रहेकोे पनि अनुगमनका क्रममा पाइएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
तिल्पुङ्गमा बुधबार निजीवासको अनुगमन गरिएको हो । सो अनुगमन टोलीमा लिखु तामाकोसी गाउँपालिका–७ का अध्यक्ष सुवास बोहोरा, ट्रान्सपरेन्सी इन्टरनेशनल रामेछापका अधिकृत दिपक केसी, जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जीनियर निकेश महर्जन, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय अन्तर्गतका इन्जीनियर रोशन यादव र वडा इन्जीनियर श्यासुन्दर यादव लगायत रहेका थिए ।
त्यसैगरी सदरमुकाम मन्थलीमा निर्माण भइरहेको शहरी विकास तथा भवन डिभीजन कार्यालयको भवन, खानेपानी तथा सरसफाई डिभीजन कार्यालयको भवन र जिल्ला हुलाक कार्यालयको भवनको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा निर्माणाधिन भवनहरु डिजाइनको आधारमा मापदण्डअनुसार नै निर्माण भइरहेको र निर्माण सामाग्री पनि गुणस्तीय प्रयोग भएको पाइएको अनुगमन टोलीले बताएको छ ।
निर्माण ब्यवसायिसँग भवन निर्माणको सम्झौता भइसकेपछि सम्बन्धित कार्यालयले स्थानीको भेला बोलाएर गराउनु पर्ने जानकारी भने नगराएको पाइएको ट्रन्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
केही विधि पूरा गर्ने कुरामा चुके पनि निर्माण भइरहेको काम भने गुणस्तरीय पाइएको ट्रान्सपरेन्सीले जानकारी दिएको छ ।
मन्थलीमा गरिएको सरकारी भवनको अनुगमनमा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा, शहरी विकास तथा भवन डिभीजन कार्यालय प्रमुख परिक्षित कडरीया, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख कृष्णलाल पिया, मन्थली वडा नम्बर १ को सदस्य यशोदा श्रेष्ठ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रशासकीय अधिकृति दिनानाथ भट्टराई, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत दिपक केसी र इन्जीनियरहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add