रामेछापको लखनपुरमा करेन्ट लागेर १० जना घाइते १ गम्भीर

 बुधबार, साउन २, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर १० जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार मेनलाइनको तार चुडिएर भुइमा खसेपछि विद्युतको पोल आसपासमा रहेका घरका ब्यक्तिहरुलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर दोरम्बा गाउँपालिका–६ का ३५ वर्षिय प्रविण तामाङ गम्भीर घाइते भएका छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्विकाप्रसाद गजुरेलले जानकारी दिए ।
अन्य घाइतेहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।
विद्युत प्राधिकरणको चरम लापर्बाहीको कारण यस क्षेत्रमा पटक–पटक करेन्ट लागिका घटना घट्दै आएको स्थानीयबासीको भनाई छ ।
दोरम्बा र सुनापाति गाउँपालिकामा एक वर्षको अवधिमा चार जनाको करेन्ट लागेर निधन भइसकेको छ ।

प्रतिकृया

Add