कम्युनिष्टसँग लड्न कार्यकर्तालाई देउवाको निर्देशन

 आइतवार, साउन ६, २०७५ | onlinenews

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले वर्तमान सरकार अधिनायकवादी भएको भन्दै यसका विरुद्ध लड्न तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
सभापति देउवाले डाक्टर केसीका माग पूरा नभएसम्म काँग्रेसले सुरु गरेको आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।
देउवाले डाक्टर केसीको जीवन रक्षाका लागि निरन्तर लडिरहने बताए । शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौंको विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुण्ठित पार्ने काम गरेको पनि देउवाको आरोप लगाए ।
सरकार प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी भएको भन्दै उनले सरकारको कडा प्रतिकार गर्नुपर्ने बताए ।
यसैबीच नेपाली काँग्रेसका सभापति देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमणको कार्यक्रम स्थागित भएको छ । केहीदिन यता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको काँग्रेसले जनाएको हो ।
देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए । अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतिकृया

Add