त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, १७ घाइते

 शुक्रबार, साउन ११, २०७५ | onlinenews

चितवन- चितवन मुग्लिन­मलेखु सडकखण्ड अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
अन्य १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई महिला, चार पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार मृत्यु भएको मध्ये पाँच जनाको सनाखत भएको छ । जसमा पाल्पा बेगनास कालिकाका ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ भानु ५ बस्ने वर्ष २७ का सुमित श्रेष्ठ, तनहुँकै २७ वर्षिय कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षिय रविन गुरुड र तनहुँका ४० वर्षका बाबुराम तिवारी रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये सातजनाको भरतपुर मेडिकल कलेजमा, चार जनाको मनकामना अस्पतालमा, एक जनाको मलेखुमा र चार जनालाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट आएको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । बिहान ११ः५० बजे भएको दुर्घटनापछि ट्रक सडक मै रहेको छ । ट्रक चालक भने जोगीमारा प्रहरीले नियन् णमा लिएको छ ।

प्रतिकृया

Add