सरकार विरुद्ध काँग्रेसको विरोध जुलुस

 मङ्लबार, साउन १५, २०७५ | onlinenews

 रामेछाप- वर्तमान सरकार अधिनायकवाद  भएको र देशमा भ्रष्टाचार मौलाएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको छ ।
सरकारले एकपछि अर्को गर्दै जनता विरोधी गतिविधि सञ्चालन गरेको र चौतर्फी करमा बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको काँग्रेसको आरोप छ ।
वर्तमान सरकारले काँग्रेस नेतृत्वको सरकारले गरेको निर्णयहरु उल्ट्याएको, चौतर्फी करमा बृद्धि गरेको कारण महंगी बढेको, देशमा भ्रष्टाचार मौलाएको भन्दै नेपाली काँग्रेस रामेछापले मंगलबार सदरमुकाम मन्थलीमा विरोध जुलुस निकालेको हो ।
विरोध जुलस पछि मन्थली बजारस्थित देवकोटा चोकमा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दैै नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले अधिनायकवाद संसारमा कही नटिएको भन्दै नेपालको वर्तमान कम्युनिष्ट सरकार पनि छिट्टै ढल्ले बताए ।
जनतामाथि निरंकुश शासन लाद्दा राजतन्त्र ढेलेको भन्दै अधिनायकवाद लाद्ने कम्युनिष्ट सरकार पनि टिक्न नसक्ने खड्काको भनाई छ ।
कम्युनिष्ट रहेसम्म देशमा समृद्धि आउँदैन भन्ने वर्तमान सरकारको गतिविधिबाट देखिएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीको भनाई छ ।
मन्थलीस्थित विपीचोकबाट निस्किएको विरोध जुलुस मन्थली बजार परिक्रममा गरि देवकोटा चोकमा आएर कोषसभामा परिणत भएको थियो ।

प्रतिकृया

Add