खोलाले बगाएर एक महिलाको मृत्यु

 मङ्लबार, साउन २२, २०७५ | onlinenews


दोलखा – दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्गकी ३४ वर्षिय विष्णुमाया खड्काको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार दिउँसो गोठमा गाईभैँसीलाई घाँस हालेर घर फर्कने क्रममा खड्कालाई खोलाले बगाएको हो ।

प्रतिकृया

Add