भक्तपुर इन्काउन्टरबारे छानबिन गर्ने सरकारको तयारी

 बिहिबार, साउन २४, २०७५ | onlinenews

काठमाडौं । भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ ।
बिहीबार भएकोे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा लिए पछि इन्काउण्टर गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको तयारी गरेको हो ।
समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् ।
सांसद देवेन्द्रराज कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन समेत माग गरेका छन् ।

प्रतिकृया

Add