रामेछापमा ट्राफिक व्यवस्थापनमा कडाई

 शनिबार, भदौ २, २०७५ | onlinenews

सम्भावित दिुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय रामेछापले ट्राफिक ब्यवस्थापनालाई कडाई गरेको छ ।
बजार क्षेत्रमा गति सिमित लेखिएको २६ वटा भन्दा बढी बोर्ड राखेर कारबाही गर्दा समेत सवारीको गतिमा सुधार नआएपछि ट्राफिक नियमलाई कडाइका साथ लागू गर्न शिभिल ड्रेसमा बसेर सवारी अनुगमन गरिएको रामेछापका ट्राफिक प्रमुख असई रामेश्वर पाण्डेले बताए ।
युनिफर्म र शिभिलमा रहेका ट्राफिक प्रहरी सहितलाई चेकजाँचमा राखेर कडाई गरिएको पाण्डेको भनाई छ । जिल्लामा सवारी दुर्घटना हुन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगै मन्थली नगरपालिका, मन्थली नगरपालिका वडा नम्बर एकको कार्यालय र तामाकोसी ढुवानी सेवा समितिले विभिन्न सचेतना अभियान चलाइरहेका छन् ।
सवारी जोखिमतालाई मध्यनजर गरी नगरपालिका, र मन्थली बडा नम्बर १ को सहयोगमा कारवाही र चेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको असई पाण्डेले जानकारी दिए ।
सवारी अनुमति पत्र र ब्लुबुकविना सवारी चलाउने र मापसे लगायतका चेकजाँचमा पनि कडाई गरिएको बताए । नियमविपरित सञ्चालन हुने सवारी साधनलाई पहिलो पटक नियमअनुसार ५०० दोश्रो, पटक १ हजार र तेश्रो पटक १५ सय जरिवाना गर्दै आएको छ । चौथो पटक सम्मपनी अटेर गरी सवारी चलाएको पाइएमा नियम अनुसारको जरिवाना सहित चालकलाई २ घण्टा ट्राफिक नियमबारे सचेतना कक्षा दिईने असई पाण्डेले जनाकारी दिए ।
अहिले मन्थलीको मुख्य बजारमा सवारी साधन रोक्न प्रतिवन्ध लगाइएको छ भने मूख्य चोकमा १० मिनेट भन्दा बढि कुनैपनी सवारी रोक्न नपाईने नियम कार्यान्वयनमा ल्याइएको छ । बजार क्षेत्रमा गुड्ने सवारीको गति कम गर्न आग्रह गर्दै आएको ट्राफिक प्रहरीले २० भन्दा बढिको गतिमा चल्ने जुनसुकै सवारीलाई पनि तत्कालै कारवाही गर्ने जनाएको छ ।

प्रतिकृया

Add