भदौ दोश्रो साता वृहत साहित्य सम्मेलन हुने

 सोमवार, भदौ ४, २०७५ | onlinenews

रामेछाप–साहित्य, कला र संस्कृतिको संरक्षणका लागि रामेछाप जिल्लामा वृहत रामेछाप संस्कृति, कला, साहित्य सम्मेलन हुने भएको छ । सम्मेलन जिल्लाका ८ ओटै स्थानीय तहको अयोजना र सचेतना अभियान (सान) को सहआयोजनामा आगामी भदौ ८ र ९ गते सदरमुकाम मन्थलीमा हुन लागेको हो ।
जिल्लाको साहित्यिक अवस्थालाई मजबुद बनाउन, कला साहित्यका माध्यमले स्थानीय निकायलाई समृद्ध बनाउन पलह गर्न, जिल्लाका नविन स्रष्टाहरुलाई लेखनमा प्रोत्साहन गर्न तथा पुराना स्रष्टाहरुको सम्मानका लागि सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन मूल समारोह समितिका संयोजक धनलाल योञ्जनले बताए ।
स्थानीय निकायका प्रमुख तथा पदाधिकारी, जिल्लास्थित उद्योगी, व्यवसायी, कलाकर्मी लगायतलाई जिल्लाको कला साहित्यप्रति थप जिम्मेवार बनाउन पनि कार्यक्रमले सहयोग गर्ने उनको भनाई छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा कला संस्कृति झल्कने विभिन्न झाँकी सहतिको प्रभातफेरी, कोणसभा, साहित्यिक रचनाहरु प्रस्तुतिकरण लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add