घरायसी विवादमा दाईको हत्या

 सोमवार, भदौ ४, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेको भित्तरीमा घरायसी बिवादका कारण झगडा हुँदा भाईले आफ्नै दाजुको हत्या गरेका छन् ।
घरायसी जग्गा र पानीको विवादले दाजुभाईको झगडा बढ्दै गएपछि भाई विष्णु खत्रीले उत्तिसको दाउरा प्रहार गरेपछि दाजु पूर्णबहादुर खत्रीको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटना लगत्तै प्रहरी चौकी शिवालयबाट गएको प्रहरीको टोलीले घटनामा संलग्न विष्णु खत्रीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मन्थली ल्याएको प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका खत्रीलाई कर्तव्य ज्यान महल अन्तर्गत मुद्धा चलाईने पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add