लाभग्राही सूचीमा नाम छुटेका भूकम्प प्रभावितले राहात केहिले पाउँनेः तामाङ

 शुक्रबार, भदौ १५, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि केही भूकम्प पीडितको नाम लाभग्राहीमा सूचीमा नपरेको बताए ।
गैरपीडितको नाम लाभग्राहीको सूचीमा रहेको तर वास्तविक भूकम्प पीडितको नाम लाभग्राहीको सूचना अझै पनि नपरेको अध्यक्ष तामाङले बताए ।
पुनःनिर्माण प्राधिकरणको सर्वेक्षण र भूकम्प प्रभावित समुदायको अवस्थाको बीचमा ठूलो अन्तर भएकाले गैर प्रभावितको नाम लाभग्राहीमा सूचीमा परेको तर वास्तविक प्रभावितको नाम छुटेको बताए ।
भूकम्प प्रभावितको नाम छुटेको विषयमा प्रधानमन्त्री र पुर्ननिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउँदा ‘हामी जनप्रतिनिधिहरुको आवाजको समेत सुनवाई भएन तामाङले भने ।’
ढुङ्गा माटोले बनेका घरहरुको रेक्टोफिटिङ्ग गर्ने भन्ने प्राधिकरणको यो कस्तो निर्णय हो ? अनि नाम छुटेका भूकम्प पीडितले सरकारलाई नै मुद्दा हाल्न लगाएर भूकम्प प्रभावितले काठमाडांैको पुनरावेदनमा वयान दिन जानुपर्ने यो कस्तो नियम हो ? अध्यक्ष तामाङले प्रश्न गरे ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा सञ्चालीत भूकम्पछिको पुनःनिर्माण र पुनस्थापनामा सदाचार कार्यक्रमको आयोजनामा गाउँपालिका स्तरीय जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्ष र वडामा कार्यरत प्राविधिले पुनःनिर्माणको अवस्था रसमस्याको बारेमा जानकारी गराएका थिए ।
वडा अध्यक्षहरुले आफ्ना वडाका भूकम्प प्रभावितको गुनासो र दःुखलाई टुलुटुलु हेरर वस्नुको गुनासो पोखेका थिए । आपूmहरु जनप्रतिनिधि भएर के गर्ने, भूकम्प प्रभावित घर भत्किएर टहरामा कष्टकार जीवन विताइरहेको छन । प्रभावितले दुई पटकसम्म गुनासो भर्दा पनि लाभग्राही सूचीमा नाम परेको छैन ।
जनप्रतिनिधिको कुराको समेत सुनुवाई नभएको भन्दै उनीहरुले प्राधिकरणको काम कार्वाहीप्रति असन्तुष्टी ब्यक्त गरेका छन् ।
अन्तक्रिया कार्यक्रममा सहभागि भूकम्प प्रभावित तर लाभग्राही सूचीमा नाम नपरेका एक बृद्धले आफ्नो भूकम्पबाट भत्किको घरको फोटो देखाएर भावुक हुदै भने मेरो घर भत्किएको छ, सरकारले घर बनाउने अनुदान दिएन, आफै घर बनाएर बस्ने अवस्था पनि छैन अब म कहाँ बसौं । बृद्धले भावुक हुँदै भने महलाई न्याय दिनुहोस् ।
जिल्ला आयोजना कार्यान्वय ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय प्रमुख कृष्णलाल पियाले लाभग्राहीको सूचीमा नाम नपरेका भूकम्प प्रभावितको बारेमा आपूmले केन्द्रमा पटक–पटक कुरा उठाउँदै आएको बताए ।
कार्यालय प्रमुख पियले लाभग्राही सूचीम नाम नपरेका प्रभावितहरुको तथ्याङ्क संकलन गर्न अनुरोध गर्दैै छुटेका भूकम्प प्रभावितको बारेमा पुनःनिर्माण प्राधिकरणले निर्णय गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भूकम्पपछिको पुनःनिर्माण र पुनस्थापना सम्बन्धि नेपालको अवस्थाका बारेमा तयार गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्ययनकर्ता राधव विष्टले प्रतिवेदन तयार गर्नुको उद्देश्य र प्रतिवेदनमा समावेस गरिएका विषय वस्तुका बारेमा जानकारी गराएका थिए ।
प्रतिवेदन भूकम्पबाट अति प्रभावित १४ जिल्लाको अध्ययन गरि उक्त तयार गरिएको पनि उनले बताए ।
प्रतिवेदनमा नेपाल सरकार एवंम पुनःनिमार्ण प्राधिकरणलाई विभिन्न क्षेत्रगत सुधारका लागि सिफारिस समेत गरेको छ ।
सिफारिसमा, भूकम्पको क्षति तथा नोक्सानी सम्बन्धि, पुनःनिर्माणको कानुनी एवं सांगठनिक व्यवस्था, आर्थिक श्रोत, पुनःनिर्माण निजी घर अनुदान प्रकृया र लाभग्राही तथा यसको उपयोग, घर बनाउन क्रण तथा सुविधा, निर्माण सामग्रि र प्रविधिको व्यवस्थापन, विद्यालय पुनःनिर्माण, स्वास्थ्य संस्थाको पुनःनिर्माण, सरकारी÷सार्वजनिक संरचना पुनःनिर्माण, पुनःनिर्माण सम्बन्धि खरिद प्रकृया, निर्माण सम्पन्न भएका सार्वजनिक संरचनाको निर्माणको गुणस्तर र मापदण्डको अवस्था, निरीक्षण र मूल्यांकन, नीतिगत सुधार तथा कार्यान्वयन लगायतका विषयहरु समेटिएका छन् ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खडकाको अध्यक्षता सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका अन्य अतिथिहरुमा टिआई नेपालका महासचिब पदम्नी प्रधानाङ्ग, गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, शहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जीनियर केशबराज पाण्डे लगायत खाँडादेवी गाउपालिका अन्तर्गतका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र भूकम्प प्रभावितहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add