दुर्घटना कम गर्न रामेछापमा पहिलो पटक राडर–गन प्रयोग

 आइतवार, भदौ १७, २०७५ | onlinenews

रामेछाप–सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पहिलो पटक सवारीको गति मापन यन्त्र राडर मेसिन प्रयोगमा ल्याइएको छ ।
तीव्र गतिका कारण सवारी दुर्घटना हुने र सर्वसाधारण नागरिकलाई समेत आवतजावत गर्न जाेिखम बढेपछि सवारी गति नियन्त्रण गर्ने उद्देश्यले राडर यन्त्र प्रयोगमा ल्याइएको रामेछापका ट्राफिक प्रहरी इन्चार्ज रामेश्वर पाण्डेले बताए ।
रामेछापको सदरमुकाम मन्थलीमा साना ठूला गीर दैनिक ५ सय भन्दा बढि सवारी आवतजावत गर्ने र सवारीहरुको गति असिमित हुँदा दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाई छ । साथै सडकमा हिड्ने सर्वसाधरणलाई समेत यात्रा गर्न जोखिम रहेको छ ।
दुर्घटनालाई कम गर्ने र सर्वसाधारणको समस्यालाई ध्यानमा राखी सवारीको गति मापन यन्त्र आइतबारबाट प्रयोगमा ल्याइएको हो ।
राडार गनबाट टाढाको दुरीमा गुडेको सवारीको गति क्यामेराबाट थाहा पाउन सकिने र यन्त्रबाट निस्कने आवाजले पनि सवारी तीव्र गतिमा गुुडिरहेको छ भन्ने संकेत गर्ने प्रहरीको भनाई छ ।
राडर गन प्रयोगमा ल्याइएको पहिलो दिन सवारीको गति मापन गर्ने क्रममा सदरमुकामबाट बाहिरीने र भित्रीने केही सवारीले तोकिएको भन्दा बढि गतिमा सवारी चलाएको पाइएको ट्राफिक इन्चार्ज पाण्डेले बताए ।
सुरुको दिन भएकोले तीग गतिमा सवारी हाक्ने चालकलाई ट्राफिक नियम र राडार–गनको बारेमा जानकारी गराएर छाडिएको पनि उनले बताए ।
ट्राफिक प्रहरीले सदरमुकामको बजार क्षेत्रमा २० भन्दा बढिको गतिमा सवारी नचलाउन आग्रह गर्दै ठाउँठाउँमा सचेतना बोर्ड राखेको छ । राडर गन प्रयोगमा ल्याइएसँगै तीव्र गतिमा सवारी चलाएको पाइएमा तत्कालै कारबाही गरिने इञ्चार्ज पाण्डेले जनकारी दिएका छन् ।
यसअघि मादक पदार्थ सेवन (मापसे) गरि सवारी चलाउदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मापसे चेकजाँच गर्न ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याएको थियो ।

प्रतिकृया

Add