रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा पत्रकार तथा कलाकारलाई सम्मान

 आइतवार, अशोज १४, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं–रामेछाप साँस्कृतिक कलाकार समाजले दशै तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान कार्यक्रमा गरेको छ ।
राजधानीको सामाखुसी स्थित स्काई पाटी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा समाजले गीत संगित क्षेत्रमा योगदान पु¥यएका बरिष्ठ गायक कायिका, पत्रकार तथा समाजसेवीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा कलाकारहरु कुमार बस्नेत, बिमा कुमारी दुरा, राजु परियार, बिष्णु खत्री, भोजराज काफ्ले, मनोज गजुरेल, उत्तम सुवेदी, हरि बहादुर काफ्ले तथा पत्रकर नबराज पथिक, उमा के.सी, उद्धब कुमार कार्की लगायत दुई दर्जन भन्दा बढी श्रष्टा सर्जक कलाकर एवं पत्रकारहरुलाई सम्मान गरेको हो ।
श्रष्ठाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एंव रामेछापबाट प्रतिनिधिसभा सदस्य तथा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, कार्यक्रमका अध्यक्ष प्रकाश कटुवालले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन् ।
कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली काङ्ग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, जिल्ला सचिव लेखबहादुर कार्की, पुर्ब सांसदद्धय तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिसदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नेपाली काँग्रैस रामेछापका प्रवक्ता नारायण बहादुर खड्का लगायतकोे उपस्तिथि रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एंव प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले गित संगितको माध्यमबाट समाजका विकृतिलाई निरुत्साहित गर्नका निमित्त चेतना फैलाउने कार्यमा कलाकारको महत्वपूर्ण भूमिका रहेको बताए ।
समाजमा चल्दै आएका सामाजिक, साँस्कृतिक जस्ता पक्षहरुलाई सम्मान गर्दै जोगाइराख्न र ख्याति प्राप्त व्यक्तिहरुलाई सधै ध्यान केन्द्रीत गर्नमा रामेछाप सांस्कृतिक कलाकार समाज लागिरहनका लागि शुभकामना दिदै चाहिंएको खण्डमा आपूm पनि हातेमालो गर्ने तयार रहेको उल्लेख गरे ।
श्रेष्ठले कलाकार समाजका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका लागि नभई नहुने गहना भएको भन्दै प्रशंसा व्यक्त गरे ।
त्यस्तै रामेछापबासीले भोट मार्फत आपूmलाई दुई पटक सरकारमा सहभागी गराउन मौका दिएको भन्दै आगामी ४ बर्षभित्र निर्वाचनका बेला गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने अठोट पनि जनाए ।

प्रतिकृया

Add