प्रहरीद्वारा राजधानीमा निःशूल्क बस सेवा सञ्चालन

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशूल्क बस सेवा सञ्चालन गरेको छ ।
बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशूल्क रुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।
बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन् । दशैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रुको सहजताका लागि निःशूल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ ।
प्रहरीका अनुसार, पहिलो रुटको बसले कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म बस चल्ने छ । यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्नेछ ।
यसैगरी दोस्रो रुटको बसले कोटेश्वरबाट शहीदगेट हुँदै महाराजगञ्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।
त्यस्तै नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ । चक्रपथको बाहिरी र भित्र दुवै स्थानको सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया

Add