घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप

 आइतवार, कार्तिक १८, २०७५ | onlinenews

रामेछाप–रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुका घरपालुवा कुकुरलाई १ दिने रेबिज रोग विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ ।
कुकुरको टोकाइबाट दैनिक दुई तीन जना विरामी स्वास्थ्य चौकी धाउन लागेपछि स्वास्थ्य चौकी र स्थानीयको सहकार्यमा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको हो ।
घरपालुवा कुकुरले दैनिक जसो मानिसलाई टाक्ने थालेपछि रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका अन्तर्गत पशुपन्छी विकास शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा १ सय ७५ वटा कुकुरलाई रेविज विरुद्धको खोप, १० वटा औषधी उपचार, ५ वटा बन्ध्याकरण तथा परामर्श सेवा उपलब्ध गराएको पशुपन्छी शाखा प्रमुख लोकप्रसाद फुयालले जानकारी दिए ।
गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राइले जनताको माग अनुसार शिविर सञ्चालन भएकोमा खुसी व्यक्त गरे ।
गोकलगंगा–६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले शिविरले भुस्याहा कुकुरहरु कम हुने र रेबिज रोग फैलनबाट जोगिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसिएसन ३ नं. प्रदेशका सचिव मुकुन्द कुमार खड्का, लिखु तामाकोशी गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख लिला ब के.सी, पशु सेवा प्राविधिक लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add