मामाको घर गएका बालकको बेहोस भएर मृत्यु

 आइतवार, कार्तिक १८, २०७५ | onlinenews

रामेछाप–रामेछाप जिल्लाको प्रिति मामाको घर गएका सिन्धुली जिल्लाको जयरामटारका ४ वर्षिय बाल मन्दीप तामाङको उपचारको क्रममा काठमाडौं महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा मृत्यु भएको छ ।
आइतबार बिहान बालक एक्कासी बेहोस भएपछि हेलीकप्टरबाट उद्धार गरेको काठमाडौंको कान्ती बालअस्पतालमा भर्ना गरिएको थियो ।
रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितीको मामाघरमा दशैंको टिका लगाउन गएका बालमा दशैदेखि मामाको घरमै थिए ।
मन्दीप बेहोस भएपछि उनका मावलीका परिवारले उद्धार र थप उपचारको लागि नेपाली काँग्रेसका नेता एवं नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई खबर गुहारेका थिए ।
बाल बेहोस भएको खबर पाएपछि हेलिकोप्टर लिएर गाउँ पुगेका कान्छारामले बालकालाई हेलीकप्टरबाट उद्धार गरेको अस्पताल पुराएका थिए । उपचारको क्रममा बालक मन्दीपको मृत्यु भएको कान्छारामका स्वकीय सचिव सुरेश सुवेदीले जानकारी दिए ।
बालको मृत्यु भएपछि आपूmले उद्धार गरि अस्पतालसम्म पु¥याएको र डाक्टरले हदैसम्मको प्रयास गर्दा पनि बालकलाई बचाउन नसकेकोमा कान्छाराम तामाङले आपूm दुःखि भएको बताए ।
पाँच दिन अघि पनि सोही ठाउँमा अरिगालंको टोकाइवाट गम्भीर घाइते भएका एकै परिवारका तीनजनालाई कान्छाराम आफैले हेलिकोप्टर मार्फत उद्धार गरि बचाएका थिए ।
राजनीतिकसँगै सामाजिक काममा पनि जिल्लामा ख्याती कमाएका कान्छारामले यसअघि पनि विपद्मा परेकाहरुलाई पटक–पटक हेलिकोप्टर मार्फत उद्धार गरेर सहयोग गर्दै आएका थिए ।

प्रतिकृया

Add