नेपाल सम्बतको अवसरमा सामूहिक दीपावली

 बिहिबार, कार्तिक २२, २०७५ | onlinenews

रामेछाप- आज नेपाल सम्बत ११३९ को अवसर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बिहीबार साँझ सामूहिक दीपावली गरिएको छ ।
नेपाल सम्बतको अवसरमा मन्थलीस्थित देवकोटाचोक र जिल्ला समन्वय समितिको अगाडि महादेव मन्दीरमा मैन दीप प्रज्वलन गरि सामूहिक दीपावली गरिएको हो ।
नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको नेपाल सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।
नेपाल सम्वतको अवसरमा बिहीबार बिहान ¥याली निकालिएको थियो । नेपाल सम्बतको अवसरमा नेवा खल रामेछाप र नेवा दवु, नगर कमिटी मन्थलीले दीपावली कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिकृया

Add