एस.ई.ई परीक्षाको पहिलो दिन रामेछापमा सौहार्दपूर्ण सञ्चालन

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

सागर बिक्रम बस्नेत
चैत्र ३, रामेछाप । आजबाट देशभर एस.ई.ई परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन आज रामेछापमा सौहार्दपूर्ण वातावारणमा परीक्षा सञ्चालन भइरहेको जिल्ल शिक्षा कार्यालय रामेछापले जनाएको छ ।
आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । अघिल्लो वर्षसम्म एस.एल.सी नामबाट संञ्चालीत परीक्षा यस वर्षबाट एस.ई.ई (सेकेन्डरी एजुकेशन एक्जामिनेसन) परीक्षाको नामबाट सञ्चालन भएको हो । बिहीबारबाट सुरु भएको परीक्षामा देशभरबाट ५ लाख बढि विद्यार्थी परीक्षामा सहभागि भएका छन् ।
यस वर्ष रामेछाप जिल्लाबाट ५ हजार ६५ विद्यार्थी एसइई परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जसमा नियमित तर्फ ४ हजार १ सय ७८, एक्जाम्टेड ३ सय ३९, आंशिक ५ सय १६ र प्राविधिक तर्फका ३१ जना परीक्षार्थी सहभागि छन् ।
परीक्षामा सहभागि छात्र र छात्राको संख्या भन्ने आज बेलुकीसम्म आइसक्ने रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिएका छन् ।
जिल्लाभर कुल २१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा मर्यादित, व्यवस्थित र अप्रिय घट्ना हुन नदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरोकारवाला निकाय समेत सजक रहेको जिशिअ गौतमले बताए ।
जिल्ला भर सञ्चालन भइरहेको परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालयले मुकुन्द केशरी पोखरेल र ना.सु कुमारप्रसाद सुवेदीको नेतृत्वमा हेल्प डेक्सको समेत ब्यवस्था गरेको छ ।
डेस्कले परीक्षा अवधिमा कुनै घटना भएमा सूचना सम्प्रेषण गर्ने र व्यवस्थापनको लागि उचित वातावरण निर्माणमा आवश्यक भूमिका निर्वाह गर्ने जिशिअ गौतमले जानकारी दिए ।
जिल्लाको प्रत्यक परीक्षा केन्द्रमा सुरक्षार्थ १० जनाका दरले सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षा केन्द्रहरुमा उप–जिशिअ , विद्याल स्रोत व्यक्ति, विद्यालय निरीक्षक, इन्जिनियर, सव–इन्जिनियर, शाखा अधिकृत सहितको टोलीलाई सम्पर्क व्यक्तिको रुपमा परिचालन गरिएको पनि गौतमले बताए ।

सेतीदेवि परीक्षा केन्द्रमा २ सय २० परीक्षार्थी
जिल्लाको २१ वटा परीक्षा केन्द्रमा जस्तै सालुको सेतीदेवि मावि परीक्षा केन्द्रमा पनि सौहार्दपूर्ण रुपमा परीक्षा सञ्चालन भइरहेको छ । सो केन्द्र अन्तर्गत गौरीशंकर मावि रामेछाप, हिमगंगा मावि, साँघुटार र सिद्धेश्वर मावि गैराथोकका गरि कुल २ सय २० परीक्षार्थी सहभागि छन् ।
जसमा नियमित तर्फ १ सय ८७, एक्जाम्टेड १३ जना, ग्रेडबृद्धि तर्फका २० जना रहेका छन् । अघिल्लो वर्ष राम्रो श्रेणीमा नजिता निकाल्न नसकेका विद्यार्थीले ग्रेड बृद्धिको लागि परीक्षामा सहभागि भएका छन् । ग्रेड बृद्धिमा सहभागि विद्यार्थीको संख्या भने बिषयअनुसार घट्नबढ्न हुनसक्ने केन्द्राध्यक्ष गगनबहादुर श्रेष्ठले बताए ।
सो केन्द्रमा सहभागि परीक्षार्थी मध्यय छात्र ९४ जना र छात्रा १ सय १८ जना रहेका छन् । केन्द्र अन्तर्गत ८ जना पहिलो दिनको परीक्षामा सहभागि छैनन ।
परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन १७ जना शिक्षक परिचालन गरिएको श्रेष्ठले बताए । परीक्षाको अघिल्लो दिन बुधबार विद्यालय ब्यवस्थापन समितिको आयोजनामा बसेको सुरक्षा निकाय, दलिय प्रतिनिधि, स्वास्थ्य ईकाइका प्रतिनिधि लगायतको सम्मिलीत बैठकले परीक्षा अवधिमा परीक्षार्थीमा स्वास्थ्य समस्या आएमा प्राथमिक उपचारको लागि स्वास्थ्यकर्मी पनि तयारी राख्ने निर्णय गरको केन्द्रध्यक्ष श्रेष्ठले बताए ।
साथै सुरक्षा कर्मीहरुले उच्च सर्तकता अपनाउँदै आवश्यक भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको केन्द्राध्यक्ष गगनबहादुर श्रेष्ठले हाम्रो अनलाइनलाई जानकारी दिएका छन् ।

प्रतिकृया

Add