वन डढेलो नियन्त्रण अभियान अन्तर्गत नवलपरासीमा विभिन्न कार्यक्रमहरु जारी

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

नवलपरासीमा वन डढेलो व्यवस्थापन जन चेतना सप्ताहा अन्तर्गत विभन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
सुख्खा मौसममा वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढि हुने हँुदा त्यसको रोकथामका लागि जिल्ला स्तरीय रुपमा जनचेनामुलक कार्यक्रमहरु सञ्चालन गरिएका छन् । जन चेतना सप्ताहा नै मनाएर जिल्लामा विभिन्न सामुदायिक वनहरुको साझोरीमा कार्यक्रमहरु सञ्चान भइरहेको साहायक वन अधिकृत प्रमोद भट्टराइले बताउनु भयो । नवलपरासीका सामुदायिक वन, साझेदारी वन र राष्ट्रिय वन सबै क्षेत्रमा अहिले जनचेतना सप्ताहा अन्तर्गत वन ढडेलो नियन्त्रण सम्बन्धी तालिम , सडक नाटक , र्याली लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । डढेलो व्यवस्थपन जनचेतना सप्ताहा अन्तर्गत नवलपरासीको अरुणखोलामा जनचेतना मुलक कार्यक्रमका साथै र्याली सम्पन्न भएको छ । सेक्टर वन कार्यालय अरुणखोलामा आयोजीत जनचेतना मुलक कार्यक्रम पछि र्यालिले अरुणखोला बजार परिक्रमा गरेको थियो ।
कार्यक्रममा साहायक वन अधिकृत प्रमोद भट्टराइ , सुरक्षा निकायका प्रतिनिधीहरु , विभिन्न सामुदायिक वनका पदाधिकारी सहित उपभोक्ताको सहभागिता हरेको थियो । यसैविच विजय सामुदायिक वन उपभोत्ता समुह चोरमाराले आफ्नो वन क्षेत्र भित्र अग्नी रेखा निर्माण कार्य थालेको छ ।

प्रतिकृया

Add