महोत्तरीको पशुपतिनगरमा पानीको अभाव, ईनारहरु सुक्न थाले

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

धिरेश दत्त, जनकपुरधाम । महोत्तरीको पशुपतिनगरमा पानीको अभाव हुन थालेको छ । गर्मी सुरु हुने बितिकै गाउँलेहरुलाई पानीको समस्याले सताएको छ । पशुपतिनगर गाविसको वडा नं १,२,३, र ४ मा ईनारहरु धमाधम सुख्न लागेको छ भने कतिपय सुकिसकेका छन् । जसले गर्दा आवश्यक्ता अनुसारको पानी गाउँलेहरु पाउन सकिरहेका छैनन् । हाल पशुपतिनगर गाविस नगरपालिकामा परिणत भए तापनि त्याहाँ नगरपालिकाको कुनै पूर्वाधार न रहेको स्थानीयहरुको भनाई छ । तर, गाउँलेहरु नगरपालिका बनेपछि केहि विकास हुन्छ कि भनी आशा पलाएको देखिन्छ । पशुपतिनगरमा हुन त मूल सडक २५ फिटको भए तापनि गाउँलेहरु सडकमै माल जाल ,गाई वस्तुहरु बाँधिदिदा सडक नै अवरोध गर्नुको साथै सडकमै गिट्टि बालुवा राखि बाटो अवरोध गरिएको देखिएको छ भने नालाहरुको पनि उस्तै समस्या रहेकोछ ।

प्रतिकृया

Add