संघीय गठबन्धनद्वारा २७ गते नेपाल बन्द घोषणा

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले २७ गते शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ । फोरम नेपालको केन्द्रीय कार्यालयमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो । फागुन २६ गते बिहीबार जिल्ला सदरमुकामहरु सहित काठमाडौमा विरोध प्रदर्शन र २७ गते नेपाल बन्द गर्ने निर्णय संघीय गठबन्धनले गरेको छ । ७ दिनको अल्टिमेटमसहित सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय गरेको फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जनाएका छन् । सप्तरी घटनामा ज्यान गुमाएकाहरुको पविारलाई क्षतिपूर्तिसहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग गठबन्धनले गरेको छ । साथै निर्वाचन फिर्ता लिन सरकारसँग गठबन्धनले माग गरेको छ । सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ ।

प्रतिकृया

Add