रामेछापको इन्टरनेट सेवामा महिनौदेखि समस्या

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

मन्थली÷ रामेछाप जिल्लाको सदरमुकाममा सञ्चालीत एडीएसएल इन्टरनेट सेवामा महिनौदेखि समस्या आइरहेको छ । छिनमै सर्भर आउने र छिनै जाने समस्याले इन्टरनेट प्रयोगकर्ताहरु हैरानीमा परेका छन् । एक घण्टामै पटक–पटक सर्भर जाने र आउँने हुँदा इन्टरनेट प्रयोगकर्ता ब्यवसायिहरु मारमा परेका हुन् ।
दुई महिना पहिले नेपाल टेलीकम रामेछापले जिल्लाबाट दिइने सेवामा सुधार गरिएको र पहिलेको तुलनामा गुणात्मक रुपमा इन्टरनेट सर्भरमा सुधार आउँने बताएको थियो ।
तर, त्यस यता इन्टरनेटको सर्भरमा पहिला भन्दा पनि गुणस्तर खस्किएको छ । दुई महिना पहिले नेपाल टेलीकम रामेछापले पत्रकार सम्मेलन नै गरेर कार्यालय प्रमुख विष्णु भण्डारीले ल्याण्डलाइन तथा एडिएसएल सेवा एमएसएजी स्वीचमा माईग्रेट गरिएको जानकारी दिंदै भइरहेको भन्दा सेवामा गुणात्मक सुधार हुने बताएका थिए ।
इन्टरनेट तथा टेलीफोन सेवामा सुधार ल्याइएको जानकारी गराएको दुई महिना वितिसक्दा पनि सेवामा सुधार आउँनुको साटो झन खस्कदै गएको छ ।
ल्याण्डलाई टेलीफोनको संख्यात्मक क्षमतामा बृद्धि गरिएको एमएसएजी स्वीच जडान गरि एक्सचेन्जबाट ल्याण्डलाइन तथा एडिएसएल सेवा सञ्चालनमा ल्याइएकाले इन्टरनेटको गतिमा गुणात्मक बृद्धि हुने कार्यालय प्रमुख भण्डारीले बताएका थिए
तर सेवामा भने कार्यालय प्रमुख भण्डरीको भनाई भन्दा ठीक विपरीत भइरहेको छ । इन्टरनेट सेवामा आएको समस्याको बारेमा गुनासो गर्दा कर्मचारीहरु उल्टै रिसाउने र झर्किने गरेको समेत उपभोक्ताको गुनासो छ ।

प्रतिकृया

Add