महानिरीक्षक नियुक्तको नयाँ प्रक्रिया आजदेखि सुरु

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत्र ९, रामेछाप । नेपाल प्रहरीका महानिरीक्षक नियुक्तको नयाँ प्रक्रिया आजदेखि सुरु गर्दैछ । सर्वोच्च अदालतको आदेशपछि आज मन्त्रिपरिषदको बैठक बसेर नियुक्तिको प्रक्रिया सुरु गर्नेछ । अदालतले बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अंक प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । गएको फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले हिजो बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम अंक ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो । नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया

Add