मौसम सफा हुन अझै केही दिन लाग्ने

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिनुभयो । गत साता पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावपछि मौसम चिसिँदै गएको हो । आजदेखि पश्चिमी वायु कमजोर हुँदै जाने अनुमान गरिएको छ । तर, स्थानीय वायु मनसुन सुरु नहुँदासम्म निरन्तर रहने भएकाले हिमालीसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा गराउने सुवेदीले बताउनुभयो । यस वर्ष छिटो प्रिमनसुन सुरु भएकाले गर्मी महसुस भएको छैन ।  जल तथा मौसम विज्ञान विभागले हिउँको मापन वर्षको एकपटक मात्र गर्ने गरेको छ ।

प्रतिकृया

Add