प्रत्येक घरमा सडक पु¥याउँछु : वडा अध्यक्ष

 सोमवार, जेष्ठ २२, २०७४ | onlinenews
Share this

२२ जेष्ठ २०७४ सिन्धुली– सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका अन्तर्गत वडा नम्बर ७ का अध्यक्ष रोमबहादुर देवकोटा (सुवास) ले वडाको प्रत्येक घरमा सडक पु¥याउने उद्घोष गर्नुभएको छ ।
भोट माग्ने क्रममा जनतासामु प्रत्येक घरमा सडक पु¥याउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै आपूmले जनतासामू गरेको प्रतिवद्धता जसरी पनि पूरा गरेरै छाड्ने बताउनुभयो ।
नव निर्वाचित वडा अध्यक्ष देवकोटाले हाम्रो अनलाइन न्यूजसँग भन्नुभयो– सरकारी तथा गैरसरकारी संघसस्थासँग समन्वय गर्नेछु र बजेट अपुग भए व्यक्तिगत खर्च गरेर भए पनि घरघरमा सडक पु¥याएरै छोड्ने छु ।
सडकको साथै स्वच्छ पिउने पानी उपलब्ध गराउन एक घर एक धाराको अवधारणा अघि सार्ने पनि देवकोटाले बताउनुभयो । सुख्खा क्षेत्र र सिंचाई नपुगेको ठाउँमा सुनकोशीको पानी तानेर पनि वडा भित्रका खेतीयोग्य जमिनमा सिंचाई अभाव हुन नदिने आफ्नो योजना रहेको पनि उहाँले बताउनुभयो ।
यसैगरी खुर्कोट बजारलाई व्यवस्थित गर्न सडकको छेउछेउमा तत्कालै सोलार वत्ति जडान गर्ने पनि बताउनु भएको छ । स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित वडा अध्यक्ष रोमबहादुर देवकोटा (सुवास) यस अघि पनि सामाजिक क्षेत्रमा सक्रिय यूवा हुनुहुन्थ्यो । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका देवकोटाले स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिद्धन्दीलाई १ सय ७१ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Share this

प्रतिकृया

Add