पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने
बुधबार, मंसिर २६, २०८१
रामेछाप- पछिल्लो समय नेपाल प्रेस यूनियनको गतिविधि साङ्गठानिक रुपमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रीत हुनथालेको भन्दै प्रेस युनियन त्याग गरेका नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रित अधिकारीले स्वतन्त्रा उम्मेदवारी दिने भएका छन् ।
बिहिवार हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि पत्रकार अधिकारीले रामेछाप जिल्ला शाखाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
प्रेस युनियनको नेतृत्वले साङ्गठानिक पद्दतिलाई लत्याएर चरम व्यक्तिवादी स्वार्थमा लिप्त भएको भन्दै केहीदिन अघिमात्र यूनियन त्यागेका पत्रकार अधिकारीले स्वातन्त्र उम्मेदवारी दिने भएका हुन् ।
शुक्रवार हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।