महिला प्रतिनिधित्वको प्रभावस् समानुपातिकबाट २९ पुरुष

 शनिबार, पुस १, २०७४ | onlinenews
Share this

मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु न्यून देखिए । त्यसमा पनि विजयी हुने महिलाहरुको संख्या झन् न्यून भयो । संविधानले संघीय संसद् ९प्रतिनिधिसभा तथा प्रदेशसभा० मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ ।

प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका सबै महिला उम्मेदवार पराजित हुँदा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सात महिला उम्मेदवार विजयी भएका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभामा १ सय १० जना ९३३ प्रतिशत० महिला सांसद हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण अब समानुपातिक प्रणाली र राष्ट्रियसभाबाट १ सय ३ जना महिला मनोनित हुनुपर्नेछ ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट मात्रै महिलाको प्रतिनिधित्व गराएको अवस्थामा भने २९ जना पुरुष मात्र निर्वाचित हुने अवस्था छ । आजको राजधानी दैनिकमा यो खबर छ ।

Share this

प्रतिकृया

Add