प्रदेशमा कर्मचारी पठाउनै सकस १

 सोमवार, पुस ३, २०७४ | onlinenews
Share this

लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ।

केन्द्रिय कर्मचारी निकाय (सीपीए) का रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सबै मन्त्रालयसँग माग गरे पनि मन्त्रालयहरूले विवरण दिएका छैनन्।

मन्त्रालयहरूले प्रदेशमा पठाउने कर्मचारीको विवरण पठाउन आनाकानी गरेपछि सामान्य आफैंले कर्मचारीको पीआईएस ९पर्सनल इन्फर्मेसन सिस्टम०को आधारमा कर्मचारी प्रदेश पठाउने गृहकार्य थालेको छ।

सामान्यले सबै मन्त्रालयलाई पत्र लेख्दै विषयगत कर्मचारीको सूची पठाउन तोकेको तीन दिन बितिसक्दा समेत कुनै पनि मन्त्रालयले प्रदेशमा पठाउने कर्मचारीको विवरण सामान्यमा पठाएका छैनन्। तत्काल प्रदेशमा जान कर्मचारी अनिच्छुक देखिएकाले मन्त्रालयहरूले कर्मचारीको सूची सामान्यमा पठाउन सकेका छैनन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Share this

प्रतिकृया

Add