मन्थलीमा १५ दिने ढाका बुनाई तथा तीन महिने हस्तकला तालिम सुरु

 शुक्रबार, चैत्र ११, २०७३ | onlinenews

चैत्र  ११ रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबारबाट १५ दिने ढाका कपडा डिजाइन सीप तथा तीन महिने बाँसको हस्तकला सम्बन्धि तालिम सुरु भएको छ ।
ढाका कपडाको डिजाइनमा बृद्धि गर्ने र  बाँस निगालोको सामाग्री उत्पादन गरी विपन्न समुदायका मानिसको आय आर्जनमा बृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजना संस्थाले जनाएको छ ।
अस्ट्रेलिएन एड र युएनडिपीको आर्थिक सहयोग तथा  जिल्ला उद्यम विकास सेवा समाज रामेछापले आयोजना गरेको सो तालिमको उद्घाटन घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख बरिष्ठ उद्योग अधिकृत राजेन्द्र श्रेष्ठले गरेका थिए ।
तालिमको उद्घाटन समारोहलाई संवोधन गर्दै घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख श्रेष्ठले तालिम लिइसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेमात्र तालिमको उपलब्धि हाससिल हुने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले यस भन्दा पहिले तालिम लिएका प्रशिक्षार्थी आफैले उद्योग सञ्चालनमा ल्याइसको भन्दै तालिम लिएपछि त्यसको उपयोग गर्न पनि सहभागिहरुलाई अनुरोध गरेका थिए ।

प्रतिकृया

Add