रमिलाले खुमनलाई नाई भन्न पाइदैन भनेपछि…….

 सोमवार, साउन ४, २०७८ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– गायक खुमन अधिकारीलाई गायिक रमिला न्यौपालेनले जे गरे पनि म तिम्रै हौंला तर नाई भन्न पाइदैन भनेकी छन् । गायक खुमन अधिकारीले पनि परेपछि मायाको बसमा नाई भन्न पाइदैन भनेपछि दुवैको कुरा मिलेको छ ।
गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीतमा यस्तो भनेका हुन् । खुमन अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको तीज गीत टिकटकमा निकै भाइरल बनेको छ ।
नेत्र अर्यालयको शब्द रहेको ‘नाई भन्न पाइदनैन’ बोलको गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गीतलाई राजेन्द्र बाजुराली, गोविन्द पराजुली र दिपक संगम बिसीले रेकर्डिङ गरेका हुन् ।
मालाश्री स्टुडियोमा रकेर्ड गरिएको गीतको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन रहेको सो म्यूजिक भिडियाको छायाँकन दुर्गा पौडेलले गरेका हुने भने प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

 

प्रतिकृया

Add