वैतेश्वरमा कागती खेती गर्ने बारे छलफल

 शुक्रबार, बैशाख १४, २०८१ | onlinenews

 

रामेछाप- दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ मा सामूहिक कागती खेती गर्ने विषयमा कृषि ज्ञानकेन्द्र रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, रामेछाप र वैतेश्वर–७ का जनप्रतिनिधि, राजनीतिककर्मी तथा अगुवा कृषकबिच छलफल भएको छ ।

वैतेश्वर गाउँपालिका–७ का वडाध्यक्षसहित छलफलका लागि कृषि ज्ञानकेन्द्र रामेछाप आएका जनप्रतिनिधि, राजनीतिककर्मी तथा अगुवा कृषकह?को टोलीले सामूहिक कागती खेतीका लागि कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापसँग कार्यक्रम तथा बजेट व्यवस्थापनको लागि अनुरोध गरेका छन् । ट्रस्ट मार्फत कागती खेती गर्ने उद्देश्यले अघि बढेको भन्दै दोलखाका अगुवा कृषकह?ले ट्रस्ट मार्फत परिचालन हुँने गरी कार्यक्रम तथा बजेटको व्यवस्था गरिदिन कृषि ज्ञानकेन्द्रलाई अनुरोध गरेका छन् ।

कागती खेती तथा कागतीको बजार व्यवस्थापनको बारेमा समेत आफूह?ले तयारी गरिसकेको सामुदायिक उत्पादन बजारीकरण ट्रस्ट लिमिटेड दोलखाका अध्यक्ष रेसमराज स्वराज रिमालले बताए । सोही ट्रस्ट मार्फत किसानह?लाई एकीकृत गरी सामूह कागती खेती गर्न लागिएको पनि रिमालले जानकारी दिए । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मा बाँझो रहेको जमिनको उपयोग गरी कागती खेती गर्न लागिएको उनको भनाइ छ ।
वैतेश्वर गाउँपालिकामा ११ सय रोपनीभन्दा बढी जमिन बाँझो रहेको भन्दै तत्काल कम्तीमा ५ सय रोपनी जमिनबाट कागती खेती सु? गर्ने उद्देश्यले रहेको उनले बताए । कागती खेतीको लागि आवश्यक सिँचाई गर्न पुग्ने पानीको मुल रहेको तर सिँचाई गर्ने क्षत्रेसमम्म ल्याउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

खेतीको लागि बजेटको अभाव रहेकाले माथिल्लो निकायबाट बजेट ल्याउन सहयोग गरिदिन तथा कृषि ज्ञान केन्द्रले परिचालन गर्ने कार्यक्रम तथा बजेटमा पनि बैतेश्वर गाउँपालिका–७ लाई प्राथमिकतामा राखिदिन उनले कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापलाई अनुरोध गरे ।

कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मिनबहादुर पुनले प्रदेश सरकारको कृषि पकेट क्षेत्र अन्तर्गको कार्यक्रम आउन सक्ने बताए । यस वर्ष नआए पनि अर्को वर्ष कार्यक्रम आउने बताउँदै उनले भने सेलाएर बस्ने हैन कि पहल गरिरहनु पर्छ । उनले निरन्तर लागिरहन पनि सुझाव दिए । हालको प्राणालीअनुसार ट्रस्टलाई कार्यक्रम दिन नमिल्ने भन्दै ब्लक कार्यक्रम आएमा र मिलेसम्म वडालाई नै तोकेर सिफासिर गरिदिने कार्यलय प्रमुख पुनले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, रामेछापका प्रमुख थिरलाल गैरेले बैतेश्वर गाउँपालिकालाई पनि अमिलो जातको फलपूmल जोनको लागि सिफारिस गरी पठाइएको बताए । वैतेश्वर गाउँपालिकालाई जोनमा पार्न पहल गर्न उनले सुझाव समेत दिए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *