श्रीमानले नदिएको आँट, मनोपरामर्श कक्षाले दियो

 शनिबार, बैशाख १५, २०८१ | onlinenews

 

कास्की – “गर्ने भन्दा गराउने ठूलो” भने झै भयो सन्ध्यालाई वित्तीय साक्षरता कक्षा । २६ वर्षीया सन्धा अधिकारीले कक्षा १२ सम्म पढेपनि जागिर खाने सोच त्यागेर व्यवसाय रोजिन् । ३ जना परिवारको गर्जो टारी परिवारमा खुसी ल्याउने सपना बोकेर उनका श्रीमान् ५ बर्ष अघिदेखि कतारमा काम गरिरहेका छन् । कतारबाट छुट्टीमा २ पटा घर पनि आए । श्रीमानले पठाएको पैसाले घर चलाएर छोरा र छोरीलाई स्कुल पढाएकी छन् । दिनभर बसेरै बिताउने सन्ध्याको श्रीमानको कमाई बाहेक आम्दानीको कुनै बाटो छैन । सन्ध्या घर चलाउनका लागि श्रीमानले पैसा पठाउने बाटो कुरेर बस्थिन् ।

माछापुच्छे गाउँपालिका–५ को डाँडागाउँमा गाउँपालिकाले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलाएको साप्ताहिक कक्षामा सहभागी भइन् सन्धया । घरचलाउन श्रीमानकै कमाइको मात्र भर गर्ने सन्ध्यालाई आफूले गरेको खर्च देख्दा चित्त बुझ्दैन थियो । आफै कमाउ, के गर्नु ? श्रीमानको मात्र भर पर्दा समस्या परिहालेको बेला अनुमान गरेर पठाएको खर्चले नपुग्ने । यसरी श्रीमान्को कमाइमा सन्तुष्ट नभएकी सन्ध्यालाई वित्तीय साक्षरता कक्षा पैसा कमाउने बाटो देखाउन सहयोगी बन्यो ।

दिनभरी घरमा बसेर घाम कटाउने सन्ध्याको रहर भने थिएन । श्रीमानसँग कमाउनका लागि केहि गरौँन भन्दा हौसला र आँट दिनुको सट्टा शङ्का गर्थे । त्यसैले उनलाई पनि केही गर्ने जाँगर पलाएन, सन्ध्या भन्छिन् । एकदिन श्रीमानसँग फोनमा कुरा हुँदा तैले केहि गर्दिनस् भनी मलाई हेपेर भन्नु भयो । श्रीमानको त्यो कुराले मेरो मन पोल्यो । मनमा इख साँचेर राखेको थिएँ । पछि कक्षामा गएपछि श्रीमानले भनेका कुरा सम्झिएँ । श्रीमानले नदिएको आँट मलाई वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले दियो । मैले फेरि दिनभरी आफू बसेरै बिताएको दिन सम्झिएँ । आफूलाई पैसाको खाँचो भएको बेला अरुले सहयोग नगरेको पनि सम्झिएँ जसको कारण कमाउने भोक जाग्यो सन्ध्या भन्छिन् ।

कक्षा निरन्तर चल्दै थियो । हप्ताको १ पटक मात्र चल्ने कक्षामा म नियमति जान्थे । कक्षामा छलफल भएका सबै कुरा व्यवहारमा उतार्दै गएँ । कक्षाम उद्यमशीलता र व्यवसायको बारेमा छलफल भयो । कक्षामा उद्यमशीलताको बारेमा छलफल भइरहँदा मैले गाइभैंसी पालेर दूध बेचेर पैसा समाएको सझिएँ । कक्षामा सिके झैं गरी उनले गाई भैसी पाल्न व्यवसायिक योजना पनि बनाइन् । कक्षाले आफूलाई यति हौसला दिएपछि भने आफूलाई मनमा लागेको कुरा श्रीमानलाई सुनाइन सन्ध्याले । बल्ल श्रीमानको घैँटोमा घाम लागेछ । मैले इच्छाएको व्यवसाय गर्न श्रीमान सहमत हुनुभयो उनले भनिन् । श्रीमानको हौसलाले थप आँट बढेपछि बिदेशबाट पठाएर बचत भएको २ लाख ७० हजारबाट दुईवटा भैसी र एउटा दुहुनो गाई पनि किनिन् । भैैंसी र गाई बाँध्न पुरानै गोठ थियो । गाउँको वरपर आफ्नै खेतबारीमा घाँस पनि भएकाले घाँस पनि किन्न नपर्ने हुँदा भैसी र गाईपालन व्यवसायले हौस्यायो सन्ध्यालाई । उनलाई कसरी कमाउने र कसरी धनी हुने भन्ने रहर भएपनि धनी बन्ने उपाय थिएन । कक्षामा आएर उपाय मात्र जानिन् जोस पनि भरिदियो । पहिला बसेर लामो लाग्ने दिन बिताउन मुस्किल हुने सन्ध्यालाई अहिले दिनै छोटो लाग्न थालेको छ ।

सन्ध्याको गोठमा पालेका २ वटा माउ भैसी र १ वटा गाईले दैनिक १५ देखि २० लिटरसम्म दूध दिन्छन् । दूध बिक्री गरी दैनिक २ हजारसम्म कमाई गर्न थालेकी छन् उनले । यसरी गाई भैसीको दूध बेचेर कमाएको पैसाले उनको घर चलेको छ । छोराछोरीको स्कुल फि पनि दूध बेचेरै टारेकी छन् सन्ध्याले । कक्षामा बसेर कमाउनु भन्दा पनि बचत गर्नु ठूलो कुरा हो भन्ने थाहा पाएपछि सहकारीमा छोरा र छोरीको नाममा खाता खोलिदिएकी छन् । उन्ले बालबचतमा महिनाको ५ हजार रुपैयाँ बचत गरिदिन्छिन् । सन्ध्या फेरिएको देखेर श्रीमान दङ्ग भएका छन् ।

पहिले श्रीमानको कमाइबाट घर चलाउने सन्ध्या आफैले कमाउन सुरु गरेपछि श्रीमानले कतारमा कमाएको पैसा बचाएर राखेकी छन् । सन्ध्याले अहिले गरेको बचतबाट भविष्यमा ठूलो फर्म नै बनाउने सोच राखेकी छन् । आफूले बचत गरेको रकमबाट फर्म चलाएपछि श्रीमान्लाई पनि घरगाउँमा नै बोलाएर व्यबसाय गर्ने सोच रहेको उनी बताउछिन् । आफूले देखेको सपना पूरा गर्न अझै पैसाको आवश्यकता रहेको हुँदा श्रीमान तत्काल कतारबाट फर्कने योजना छैन ।

कास्की जिल्लाको माछापुच्छे गाउँपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *