नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाई

 बिहिबार, बैशाख १३, २०८१ | onlinenews

 

रामेछाप-  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ रामेछापको सहयोगमा मन्थली नगरपालिका–५ सुनारपानीमा स्थापना गरिएको नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाइ गरिएको छ । भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्म मार्फत निर्माण गरिएको नर्सरी स्रोत केन्द्रको सार्वजनिक सुनुवाइ गरिएको हो । कुल ७ लाख ७० हजारमा लागन अनुमान गरिएकोे नर्सरी स्रोत केन्द्र निर्माणका लागि परियोजनाले ५ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नर्सरी स्रोत केन्द्रको टनेल निर्माणमा ८ लाख ४३ हजार १ सय ४२ रुपैयाँ खर्च भइसकेको भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक रामबहादुर शाहीले जानकारी दिए । उक्त खर्च जमिन समस्याउन लगाइएको डोजरको खर्चभन्दा बाहेकको भएको पनि उनले बताए । उक्त नर्सरी स्रोत केन्द्रमा जुनार, सुन्ताला, मुन्तला, कागती लगायतको बिरुवा उत्पादन गरिने शाहीको भनाइ छ । गर्मी ठाउँमा विरुवाहरु छिटो ग्रोथ हुने भएकाले यस ठाउँमा विरुवा छिटो उत्पादन गर्न उनलेब बताए । सिँचाइको भने समस्या रहेको उनले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मन्थली नगरपालिका–५ का वडा अध्यक्ष रविन कार्कीले यस्ता काम आफूले अघिल्लो कार्यकालमै गर्न चाहेको बताउँदै त्यसबेला सम्भन नभएको बताए । अमिलो जातको फलफुलबाट विस्थापन हुन लागेको किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सक्रियताम स्थापिता गराउने काम भएको वडाध्यक्ष कार्कीले बताए । काम गर्ने मान्छेकले कुनै बाहना ननिकाल्ने भन्दै भदौरे कालिका कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक त्यसको कुराको उदाहरण बनेको वडाअध्यक्ष कार्कीले बताए । टनेल निर्माण गर्ने काम तोकिएकै समयमा सम्पन्न गरेको अध्यक्ष कार्कीले फर्म सञ्चालक शाहीलाई धन्यवाद पनि दिए ।

नर्सनरी स्रोत केन्द्र निर्माण गर्ने ४ वटा योजना रहेकोमा ३ वटा अझै निर्माण नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताए । अन्य ३ वटा फर्महरुले अहिलेसम्म पनि काम सुरुवात नै नगरेको भन्दै काम गर्न नसकेमा बजेट फिर्ता जाने गैरेले बताए । यस उत्पादन भएको विरुवाहरु, दोलखा, सिन्धुली लगायतका अन्य जिल्लाहरुमा जाने पनि कार्यालय प्रमुख गैरेले बताए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *